साबधान :
 (आफ्नो कम्प्युटर फरम्याट गर्नु भन्दा  पहिला आफ्नो महत्वपूर्ण फाइलहरु, डाटाहरु, प्रोग्रामहरु आदी को साथ साथै  सम्बन्धित Driver हरु सबैको ब्याकअप राखुहोस् किनभने तपाईंले आफ्नो  कम्प्युटर फरम्याट गर्दा यि सबै मेटिन्छन । धेरै जसो कम्प्युटरमा अपरेटिङ  सिस्टम Drive C मा instal गरिएको हुन्छ । कम्प्युटरमा HardDrive को कती वटा  partition गरिएको छ ? जस्तै Drive C, Drive D, Drive E आदि । Drive C मा  अपरेटिङ सिस्टम instal गरिएको छ भने Drive C मा भएका (Save गरिएका) आफ्ना  सबै महत्वपूर्ण फाइलहरुलाई अर्कै Drive D अथवा Drive E मा लगेर save  गरिदिनुहोस् । )
अब कम्प्युटर फरम्याट गर्ने तरिका तिर अगाडि बढौ
१) सबभन्दा पहिला तपाईं सँग operating system सि.डि वा डि.भि.डि हुनु जरुरी हुन्छ र उक्त Disc तपाईंले आफ्नो कम्प्युटरको सि.डि वा डि.भि.डि drive भित्र हाल्नुहोस् ।
 
अब कम्प्युटर फरम्याट गर्ने तरिका तिर अगाडि बढौ
१) सबभन्दा पहिला तपाईं सँग operating system सि.डि वा डि.भि.डि हुनु जरुरी हुन्छ र उक्त Disc तपाईंले आफ्नो कम्प्युटरको सि.डि वा डि.भि.डि drive भित्र हाल्नुहोस् ।
२) अब आफ्नो कम्प्युटरलाई restart गर्नुहोस् ।
 
३) जब तपाईंको कम्प्युटर restart हुँदै छ  तपाईंले screen मा "Press any key to boot from CD" भन्ने मेसेज आएपछि  keyboard को कुनै कि प्रेस गरिदिनुहोस् ।
 
@ यदि तपाईंको screen मा यो मेसेज आएको  छैन भने तपाईंले boot sequence reset गर्नु पर्ने हुन्छ र त्यसको लागि  कम्प्युटरको BIOS settings भित्र जानु पर्ने हुन्छ । BIOS settings भित्र  जान कम्प्युटर restart गर्नुहोस् , जब restart हुँदै छ तब कि बोर्ड मा  Delete कि थिची राख्नुहोस् । केही सेकेन्ड पछि कम्प्युटरको स्क्रीनमा BIOS  mode देखा पर्नेछ । त्यहा boot sequence options मा CDROM drive to be 1st  option छान्नुहोस् र save चेन्ज गरेर exit गर्नुहोस् ।
 
४) अब फेरी स्टेप ३ दोहर्याउनुहोस् ,  सि.डि लोड हुनेछ र निलो स्क्रीन देखा पर्नेछ र सि.डि को फाइलहरु कपि हुन  थालनेछ । एक छिन कुर्नुहोस् । केही मिनट पछि setup ? मेसेज आएपछि Enter  गरिदिनुहोस् ।


५) अब windows install कुन Drive मा  गर्ने अथवा कुन drive लाई Format गर्ने भन्ने option देखा पर्नेछ , तपाईंको  कम्प्युटरको कुन Drive मा operating system install गरिएको छ त्यो drive  छान्न्हुहोस् (Normally Drive C मा opereting system install गरिएको हुन्छ )  । छानिसके पछी Enter गर्नुहोस् ।


६) अब अर्को स्टेपमा कुन फाइल सिस्टम मा  Drive Format गर्ने हो छान्नु पर्ने हुन्छ । NTFS option छिटो हुन्छ र  formatting option "Quick" छान्नुहोस् र Enter थिच्नुहोस् ।


७) अब कम्प्युटर फरम्याट प्रोसेसमा गयो । कती बेरमा सकिन्छ त्यो भने कम्प्युटरको hard Drive को साइज र speed मा भर पर्छ ।
 
८) बिचमा टाईम place छान्नुपर्ने option आउन सक्छ । ओके ओके गरिदिनुहोस् ।
 
९) फरम्याट सकिसकेपछि opetating system files कपि हुन थालछ र install भईसकेपछि कम्प्युटर आँफै restart हुन्छ ।


१०) अब कम्प्युटरमा सम्बन्धित driver हरु एक एक गरी install गर्नुपर्ने हुन्छ , जस्तै Sound card, LAN card आदी आदी ।






दिपक जि यो साह्रै राम्रो जानकारीको लागि मुरी मुरी धन्यवाद
ReplyDeleteVery nice post thank u to sharing with us
ReplyDeletevery useful tips i like this post thanks
ReplyDeleteIts a great post thank u so much for this and i am waiting more like this .
ReplyDeletegood job man thak you 4 information
ReplyDeleteधन्यबाद
ReplyDelete