तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

एकछिन हासौं न त


एउटा गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए तिमी किन भागेर जादैनौ त ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन , मालिकको राम्री छोरीले जब जब केही बदमासी गर्छ तब तब मालिकले यो भन्ने गर्छ " धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधा सँग गरिदिन्छु" बस यही आशामा बसेको छु यार ...


एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र धरहरा बाट पहिला प्रेमीले हामफालेछ । त्यतिकैमा प्रेमिकाले आँखा बन्द गरेछ र भनेछ " माया त अन्धो हुन्छ " र फर्केर गईछ । यो देखेर प्रेमीले पनि यो भन्दै आफ्नो प्याराशुट खोलेछ " माया त कहिले पनि मर्दैन " ।


पत्नी : तपाईं सार्है मोटो हुनु भयो ।
पति : तिमी पनि त मोटी भयौ नि ।
पत्नी : म त आमा बन्ने वाला छु नि त ।
पति : म पनि त बुवा बन्ने वाला छु नि ।



विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो हो ?
मिस : (रिसाउदै), किन र ?
विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अण्डा दिनु हुन्छ त्यसैले ।


( पति र पत्नी मन्दिर गएर फर्किदै )
पति : तिमीले भगवान सँग के माग्यौ ?
पत्नी : तपाईं र सात जनम सम्म सँगै हुन पाउँ , अनी तपाईंले के माग्नु भयो नि ?
पति : यो हाम्रो सातौँ जन्म होस्


एउटा मान्छे प्याराशुट बेच्दै : प्लेन बाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा safely ल्यान्ड हुनुहोस् ।
ग्राहक : यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ?
प्याराशुट बेच्ने मान्छे : खुलेन भने तिम्रो पैसा फिर्ता ..........


शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : किन भने यस्तो सानो कन्डम बन्



जज : (चोर सँग) तिमी कसरी पक्राउ पर्यौ ?
चोर : एका बिहानै सपिङग गरेर ।
जज : यो त कुनै अपराध भएन त, अनि बिहान कति बजे तिर नि ?
चोर : पसल खुल्नु भन्दा अगाडि ...


बिरामी : डाक्टर साब, मलाई भुल्ने बिमारी छ ।
डाक्टर : कहिले देखि यो बिमारी लाग्यो ?
बिरामी : कुन बिमारी ???
डाक्टर : भुल्ने बिमारी क्या ...
बिरामी : त्यो त भुलेँ
डाक्टर : ( औषधीको नाम लेखेर ) ल यो औषधी किनेर खानु ।
( भोली पल्ट )
तपाईंले लेखेर दिएको औषधी त कही पाइएन डाक्टर साब ..
डाक्टर : ( प्रेस्क्रिप्शन हेर्दै ), हत्तेरिका मैले त औषधीको नामनै लेख्न बिर्सेंछु , यो त मेरो सिग्नेचर हो ।


श्याम : आज मैले रेखा थापा सँग फोनमा कुरा गरे नि ।
राम : हो र ? मलाई त विश्वाश लागेन ।
श्याम : भगवान कशम , कुरा गरेकै हो ।
राम : ल ल ठीक छ अनी उनले के भनी त ?
श्याम : रङग नम्बर ...


राम : ओए, उ त्यो केटी हेर त कस्ती छे ?
श्याम : निकै राम्री छे
राम : यदि मौका पायौ भने बिहे गर्छौ त ?
श्याम : मौका मिल्छ भने बिहे किन गर्नु नि ??


बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु ।


बिरामी डाक्टर सँग
तपाईंले नर्स एकदम राम्रो राख्नु भएको रहेछ, उसको हात लाग्ने बित्तिकै म ठीक भएँ ।
डाक्टर : मलाई थाहा छ , थप्पडको आवाज मैले पनि सुनेको थिए ।


माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस ।
( पति पत्नी सँग ) देउ देउ, तिमीलाई सुन्दरी देख् ने यो अबस्य पनि अन्धो नै होला ।


पत्नी : एउटा कुरा भनौ ?
पति : भन न
पत्नी : रिसाउन त रिसाउदैनौ नि ?
पति : रिसाउदिन, भन न
पत्नी : कुट्न त कुट्दैनौ नि ?
पति : केही गर्दिन भन न के कुरा हो ?
पत्नी : म Pregnant छु
पति : ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
पत्नी : कलेजको टाइममा मैले यही कुरा बुवालाई भनेको थिए, त्यती खेर धेरै गाली अनी कुटाइ खाएको थिए त्यसैले ...


छोरा : मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर ।
मम्मी : याद छ छोरा, तर किन र ?
छोरा : मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो ।


स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै "ल अब स्कुल आउनु परेन" भन्दै खुशी हुँदै थियो ।
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो ।
मास्टरले सोधेछ : बाबु तिमी किन उदास छौ ? बाँकी सबै त खुशी भईराखेको छ त ।
बच्चा : तर सर तपाईं त जिउदो बच्नु भयो ।

Twitter
Facebook
Yahoo
Feed

2 comments:

  1. दिपक जि धन्यवाद छ् हामीलाई हसाउनु भएको मा

    ReplyDelete
  2. धेरै राम्रो जोकहरु रहेछ धन्यबाद दिपक जि

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb