
तपाईं हामी बेरोजगार भएमा के गर्छौ ? निराश भएर बस्छौ, तास खेलेर टाईम पास गर्छौ अथवा अली अली भएको पैसा पनि रक्सी खाएर सक्छौ ? तर एक जना बेलाएती नागरिकले आफु बेरोजगार भए पछि रोजगारको लागि कस्तो आईडिया लगाएका छन त ?
अहिले विश्वका धेरै देशहरुले आर्थिक संकट झेलिरहेको बेला एकजना बेलायती नागरीकले जागिर नपाए पछि जागिर खाने नया आईडिया निकालेका छन। Maidstone, Kent का ३० वर्षिय Andy Palmer ले eBay मा आफुलाई लिलामीमा राखेर जागिर खाने प्रयास गरेका छन। यिनिले कानुन सम्मत भएका जुन सुकै काम पनी आफु गर्न तयार भएको भन्दै यस्तो घोषणा गरेका हुन। आफुलाई एकदमै मेहनती र केही सिक्न चाहाने मानिसको रुपमा चित्रित गर्दै उनले आफ्नो न्युनतम पारिश्रमिक £1,000 तोकेका छन जुन पाए बापत उनले एक महिना काम गर्ने छन। आफुले १ महिना काम गरे बापत पाएको सबै रकम भने उनले नलिईकन रकमको २५ प्रतिशत च्यारीटी लाई दिने छन। उनले अन्त्यमा भनेका छन, "यसो गरे बापत तपाई र तपाईको व्यावसायले पाउने प्रचार प्रसारको बारेमा पनी सोच्नु होला"।
कस्तो लाग्यो त उनको यो आईडिया ? उनी बाट सिकेर अब हामीले पनि केही गर्ने कि
0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:
तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>