GUगलमा सर्च गर्दा केही महत्वपुर्ण अपरेटरहरुको प्रयोग सम्झना गर्ने हो भने आफुले खोजेका जानकारी सजिलै र छिट्टै पाउन सकिन्छ । जस्तो :
- कुनै दुई वटा शब्द अनिवार्य रुपमा भएको रिजल्ट चाहीएका AND वा + अपरेटरको प्रयोग गरिन्छ । जस्तो Sun + Moon लेखेर सर्च गर्नु भयो भने अनिवार्य रुपमा SUN र Moon भन्ने शब्द भएको सर्च रिजल्ट देखा पर्दछ ।
- कुनै दुईवटा शब्द मध्ये एउटा मात्र शब्द भएको रिजल्ट चाहीएमा OR अथवा - प्रयोग गर्नु पर्छ । जस्तो कि Sun – Moon लेखेर सर्च गर्दा Sun र Moon मध्ये कुनै एक भएको पेजहरुको सर्च रिजल्टहरु देखा पर्दछ ।
- ठ्याक्कै कुनै शब्द वा वाक्य भएको सर्च रिजल्ट खोज्न परेमा "" को प्रयोग गरिन्छ । जस्तो कि"the sun lights up the moon" लेखेर सर्च गर्दा देखा पर्ने सर्च रिजल्टहरुमा अनिवार्य रुपमा "the sun lights up the moon” भन्ने वाक्य रहेको हुन्छ ।
- कुनै शब्द वा वाक्यलाई हटाएर सर्च गर्नु पर्दा घटाउ चिन्हको प्रयोग गर्नु पर्दछ । उदारणको लागी sun -”moon and stars” भन्दा यसको सर्च रिजल्ट सन आउदाँ मुन र स्टारर्स को कुरा चाँही आउनु हुन्न भन्ने वुझीन्छ।
- * चिन्हलाई गुगल ले वाईल्ड कार्डको रुपमा वुझ्दछ जसले गर्दा कुनै वाक्यको विचमा कुनै शब्द विर्सियो भने गुगले संभावित शब्द चयन गरेर सर्च गर्दछ। "the * lights up the moon"
- ~ यसको प्रयोगले गुगलले कुनै शब्दको पर्यावाची शब्द खोजेर देखाई दिन्छ। ~sun
- कुनै कुरा निश्चीत साईटमा मात्र खोज्नु पर्दा site: अपरेटरको प्रयोग गरिन्छ । जस्तो कि“Baburam Bhattari” site : bbc.co.uk लेखेर सर्च गर्ने हो भने बिबिसीको आधिकारीक वेबसाईटमा मात्र बाबुराम भट्टराईको बारेमा लेखीएका सामग्रीहरुको लिङ्क देखा पर्दछ ।
- link: अपरेटरले कुनै पनि साईटको लिङ्क कहाँ कहाँ छ भनेर देखाउछ । जस्तो :link:enepal.net.np लेखेर टाईप गर्ने हो भने enepal.net.np भन्ने साईटको लिङ्क कुन कुन साईटमा राखेको छ त्यस खालको रिजल्ट देखा पर्दछ ।
- define: लेखेर त्यसको पछाडी कुनै अग्रेजी शब्द लेख्ने हो भने त्यसको अर्थ दिन्छ । जस्तोdefine:love
- filetype लेखेर त्यसको यसको पछाडी कुनै फाईलको एक्सटेन्सन लेख्ने हो भने दिएको सर्च स्ट्रीङ्ग लाई त्यही फाईल टाईपमा मात्र खोज्ने काम हुन्छ जस्तो कि History of Nepal filetype:pdf लेखेर गुगलमा सर्च गर्ने हो भने नेपालको ईतिहास बारेमा लेखीएका pdf फाईल मात्र खोज्ने काम हुन्छ ।
अन्य केही महत्वपुर्ण टिप्सहरु - बिदेशी विनिमय दर रुपान्तरणको लागी (currencies)
100 Euro in USD - नाप तौल रुपान्तरणको लागी (weight, length, volume, etc)
100kg in lb - समय थाहा पाउनको लागी (time)
time kathmandu - मौसम थाहा पाउनको लागी
weather kathmandu - प्रतिशत निकाल्नको लागी
51% of 900 - यसलाई पनि ट्राई गर्ने हो कि?
5^3
sqrt(4)
cos(45)
tan (45)
4! (फ्याक्टोरियल पत्ता लगाउन) - र अन्तमा गुगलमा What is the population of Nepal लेखेर सर्च गर्नुस त गुगललाई के भन्छ ?
0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:
तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>