तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

कम्प्युटर समस्या र समाधान

अब फेरी केही कम्प्युटर सम्बन्धी कुरा गरौ । हाम्रो कम्प्युटरमा प्राय जसो आई पर्ने समस्याहरु बारे केही चर्चा र त्यो समस्याहरु समाधान गर्ने उपाय बारे केही लेखन गई रहेको छु , आशा छ तपाईंहरुलाई यो अबस्य पनि लाभदायक हुनेछ ।



१. Hidden फाइल नदेखिनु


कहिले काँही कुनै Virus वा द्वेषपूर्ण Script हरुको कारण तपाईंले Hidden Mode मा राख्नु भएको फाइल वा फोल्डर तपाईंले पछि " Show Hidden file and folder " ( Tools > Folder Options > View Menu > Hidden files and folders ) गर्दा पनि नदेखिन सक्छ । शायद तपाईंहरुले पनि यो समस्या भोग्नु भएको नै होला ।



यो समस्या समाधान गर्न
१ Start > Run र Regedit टाईप गरेर Enter गर्नुस् ।
२ त्यसपछि यो location सम्म जानुस् HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\CurrentVersion\Explorer\Advanced\Folder\Hidden\SHOWALL
३ CheckedValue कि मा Double क्लिक गर्नुस्
४ र त्यहाँ Value Data लाई 1 राखिदिनुस् ।


बस तपाईंको काम सकियो ।


२. Drive लाई डबल क्लिक गर्दा New Window मा खोलिनु


कहिले काहिँ तपाईंले कुनै Drive लाई Double क्लिक गरेर खोल्न खोज्दा उक्त Drive त्यही window मा नखुलेर Automatically अर्कै Window मा खोलिन्छ । हामीलाई थाहा छ यो अबस्य पनि राम्रो लक्षण होइन किन भने उक्त Drive normal mode मा same window मा खोलिनु पर्थ्यो । यदी तपाईंले File मेनु को Tools मा गएर Folder Option लाई change गर्नु भएको भए अर्कै कुरा ..
किन Drive नयाँ window मा खोलिन्छ त ? यहाँ अबस्य पनि Virus अथवा अरु कुनै समस्या आएर नै हो


यसलाई समाधान गर्ने तरिका
पहिलो उपाय :१ Start > Run > र यहाँ regsvr32 /i shell32.dll टाईप गर्नुस्
२ ok गर्नुस् ।
३ तपाईंले यो message पाउनु हुन्छ
DllRegisterServer and DllInstall in shell32.dll succeeded
४ बस तपाईंको समस्या अब समाधान भयो


दोस्रो उपाय :
१ Start > Run > Regedit टाईप गर्नुस् र ओके गर्नुस् ।
२ अब HKEY_CLASSES_ROOT/Directory/Shell मा जानुस्
३ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
४ अब HKEY_CLASSES_ROOT/Drive/Shell मा जानुस्
५ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
६ ok गर्नुस् ।


तेस्रो उपाय :
यदी तपाईं regedit option चलाऊन चाहनु हुन्न भने यो उपाय गर्न सक्नु हुन्छ ।
१ Start > Run > र यो टाईप गर्नुस् reg add hkcr\drive\shell /ve /d none /f
२ ok गर्नुस् ।


आशा छ यि तीन उपाय तपाईंको लागि समाधान हुन सक्छ ।


३. आफ्नो कम्प्युटरलाई Virus हरुबाट Autorun Disable गरेर जोगाउने तरिका


धेरै Virus हरु कम्प्युटरमा सर्ने कारण तपाईंको कम्प्युटरमा कुनै CD वा pendrive राख्ने बित्तिकै Autorun हुनाले हो र यो Autoplay enable window को difault set भएर पनि हो ।
Autorun लाई Disable गर्ने तरिका :


१ Start > Run > regedit टाईप गर्नुस् र ओके
२ अब HKEY_CURRENT_USER\Software\ Microsoft\Windows\CurrentVersion\Policies\Explorer मा जानुस्
३ NoDriveAutorun मा double क्लिक गर्नुस् र Hexadecimal मा Value "FF" वा Decimal मा Value 255 टाईप गर्नुस् ।
Note: यदी त्यहाँ NoDriveAutorun भन्ने कि छैन भने दाँया तिर right क्लिक गरेर new dword value मा क्लिक गरेर NoDriveAutorun टाईप गरेर Enter गर्नुस्
५ Registry window लाई exit गर्नुस् र कम्प्युटर लाई restart गर्नुस्


यो तरिका बाट तपाईंले Autorun लाई Disable गरेर Virus infected USB pendrive वा CD लाई Autorun हुन बाट रोक्न सक्नु हुन्छ र autorun.inf virus लाई Run हुन बाट जोगाउन सक्नु हुन्छ ।


४. "Show Desktop" Icon लाई कसरी Restore गर्ने ?
कहिले काहीँ गल्तीले तपाईंले "Show Desktop" Icon लाई shift+Delete गर्नु भयो यो सोचेर कि यो मात्र Shortcut हो । तर वास्तवमा त्यो नै orginal icon रहेछ भने के गर्नु हुन्छ ?
ShowDesktop Icon अरु Icon हरु भन्दा फरक हुन्छ र सामान्यतया यो Icon लाई फेरी Restore गर्न सकिदैन । यस्तो अवस्थामा तपाईंले यो तरिका अपनाउन सक्नु हुन्छ ।
१ Notepad लाई खोल्नुस् र तल लेखिएको code लाई कपि गरेर paste गर्नुस् ।
[Shell]
Command=2
IconFile=explorer.exe,3
[Taskbar]
Command=ToggleDesktop


२ अब फाइलको नाम ShowDesktop.scf राखी यो location मा लगेर save गरिदिनुस् ..
C:\Document and Settings\Username\Application Data\Microsoft\Internet Explorer\Quick Launch
३ कम्प्युटरलाई restart गर्नुस् ।
Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb