तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

एकछिन हासौं, मूड फ्रेस गरौं न त हुन्न ?


एकजना मन्त्रीले आफ्नो पि. ए. लाई आफुले दिनु पर्ने भाषण तयार पार्न लगाए । भाषणलाई त्यसबेलाको टाइपराइटरबाट टाईप गरी मन्त्रीलाई बुझाएछन । तर मन्त्रीको भाषण सुन्ने बित्तिकै सुन्नेहरु हुटिङ गर्न थालेछन ।
मन्त्री:( पि. ए. लाई झापार्दै ) तलाई छोटो मिठो भाषण तयार गर्नु भनेको हैन लाटा
पि. ए.: माफ गर्नुस मन्त्री ज्यु , मैले भाषण त छोटै बनाएको थिए तर हजुरले कार्वनकपीको तिनै प्रति पनि पढि भ्याए पछि मैले के गर्ने त ?


एउटा जोडी आफ्नो विवाहको रजत जयन्ती मनाउदै थिए । दुबैको उमेर साठी पुगेको थियो । त्यसदिन बिहान भगवान सँग साह्रै गहिरो प्रथाना गर्दा साचै देवता उनिहरुको अगाडि प्रकट भए ।
देवता: लौ माग, के माग्छौ त ?
पतिदेब: भगवान, मेरी पत्नीको आयु मेरो भन्दा ३० बर्षले घटाऊनु पर्‍यो ।
देवता: तथास्तु
एकछिन पछी त बुढोको उमेर ९० बर्ष पो पुगेछ ।


एउटा दाढीवाल पण्डित समुहमा कथा भन्दै थियो । कोही पनि उसको कथा ध्यानपुर्वक सुनिरहेका थिएनन तर एउटी बुढी भने आँसु झारी रहेकी थिई ।
पण्डित: आमै, तपाईंलाई त मेरो कथा साह्रै घत लागेको छ नि ।
बुढी: कुरो त्यसो हैन बाजे । हजुरको सेता दाढी देखेर पाँच बर्षअघि हराएको मेरो बोको सम्झेर पो खपी नसक्नु भाको मलाई ...



पुलिस अंकलको फोन बज्छ । इन्स्पेक्टरले फोन उठाउछ ।
इन्स्पेक्टर: हेलो, म इन्स्पेक्टर फलानो बोल्दैछु । भन्नुस् ।
अर्कोतिर बाट निक्कै आत्तिएको आवाज आउछ - तपाईं छिटै आईहाल्नु पर्‍यो । मेरो ज्यान खतरामा छ, उसले मलाई जिउदै निल्न लागेको छ क्या ।
इन्स्पेक्टर चकित हुँदै: कसले ?
- कालो बिरालोले क्या, बिरालोले ....
इन्स्पेक्टर झनै आष्चर्यमा पर्छ - जिउदै निल्न लागेको छ रे ? तपाईं को बोल्नु भाको ?
- म सुगा बोल्दै छु सुगा !


एकजना मान्छे काम खोज्ने क्रममा एकजना मेनेजरलाई अन्तर्वाता दिदै थिए ।
मेनेजर: तपाईं अन्तर्वातामा पास हुनु भयो । पहिलो ३ महिनामा तपाईंको तलब मासिक ३ हजार हुनेछ । त्यसपछि बाट महिनाको ६ हजार पाउनु हुनेछ । हुन्न र ?
बेरोजगार: हुन त हुन्छ, उसो भए म तीन महिना पछि नै आउँला नि सर हुन्न र ?

बिहे अगाडि केटा केटीको गफ !!

बिहे अगाडि केटा केटीको गफ!! माथि बाट तल पड्दै जानुस् !!

केटा: साचै भन्नु पर्दा मैले यो छण धेरै कुरेको थिए।
केटी: के भन्न खोजेको तिमी मलाई छोड्न चाहन्छौ ?
केटा: होइन!! त्यस्तो तिमी नसोच.
केटी: के तिमी मलाई साचै मन पराउछौ?
केटा: अफ्कोर्स !! सधैं भरी.
केटी: के तिमी मलाई ढाट्दै छौ ?
केटा: नो!! किन तिमी यस्तो वाइयात कुरा सोच्दैछौ ?
केटी: के तिमी मलाई किस गर्छौ ?
केटा: सधैं भरी ।
केटी: तिमी मलाई पिट्छौ कि ?
केटा: के तिमी पागल त भएनउ ?
केटी: के म तिमीलाई विश्वाश गरौँ ?
केटा: Yes
केटी: Darling
बिहे भईसक्यो अब तल बाट माथि पढ्दै जानुस् !!

Twitter
Facebook
Yahoo
Feed

0 आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नुहोला:

तपाईंको सल्लाह सुझाव र प्रतिकृया लेख्नुहोस/>

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb