तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

विन्डोज अपरेटिङ सिस्टममा प्रयोग हुने टप ११ सफ्टवेयरहरु डाउनलोड गर्नुहोस।





डाउनलोड डट कममा यो वर्ष बढी डाउनलोड भएका विन्डोज अपरेटिङ सिस्टममा प्रयोग हुने ११ सफ्टवेयरको सूचि सीनेटले सार्वजनिक गरेको छ। ११ सफ्टवेयरमध्ये ३ वटा त एन्टिभाइरस नै छन्।




११ क्यामफ्रग भिडियो च्याट कूल डाउनलोड १ करोड ३२ लाख ६ हजार ५४१
च्याट क्लाइन्टहरुमा फरक विशेषताका कारण छिट्टै लोकप्रिय भइरहेको क्यामफ्रगमा भिडियो, अडियो र टेक्स्ट च्याट एकैचोटी गर्न मिल्छ। तर सावधान, यसमा एक्स रेटेड च्याट रुमहरु पनि भएको हुँदा कम उमेरका प्रयोगकर्ताहरुले खोल्दा वा सार्वजनिक स्थानमा खोल्दा अप्ठेरो पर्नसक्छ। त्यसैगरी यो प्रोग्राम इन्स्ट गर्दा कयौँ खालका टुलबारहरु र वेदर च्यानलका विदगेटहरु पनि इन्स्टल हुने गर्छन्। त्यसैले इन्स्टल गर्दा यी सब कुरा ध्यानमा राख्नुहोला।


 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 


१० भर्चुअल डीजे कूल डाउनलोड १ करोड ३५ लाख ८० हजार २७४
डिजिटल डिजेइङमा रुचि छ? त्यसो भए तपाइँका लागि यो निःशुल्क पाइने सफ्टवेयर निकै उपयोगी साबित हुनसक्छ। डिजेइङबारे केही थाहा नभएकाहरुका लागि भने नजाने गाउँको बाटो नसोधेकै बेस। नयाँ प्रयोगकर्ताहरुका लागि यो सिक्न त्यति सजिलो छैन। तर अलिकति मेहनत गर्नुभयो सिक्न साह्रै गाह्रो पनि होइन।


 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 


९ अभिरा फ्रि एन्टिभाइरस कूल डाउनलोड १ करोड ६१ लाख ७५ हजार ९०२
कम्प्युटर चलाउनेहरुलाई भाइरसको सबैभन्दा डर रहन्छ। यसैको फाइदा उठाउँदै नेपालमा समेत शुल्क तिरेर मात्र किन्न पाइने एन्टिभाइरस कम्पनीहरुले बजार विस्तार गरिरहेका छन्। तर इन्टरनेटमा निःशुल्क पाइने एन्टिभाइरस पनि प्रशस्तै छन्। त्यही मध्ये एउटा हो अभिरा। यसको १२ औँ संस्करणले इन्स्टल गर्न अझ सजिलो बनाएको छ। दुई क्लिकमा इन्स्टल हुने दावी कम्पनीले गरेको छ।


 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 


८ फ्रि युट्युब टु एमपीथ्री कन्भर्टर कूल डाउनलोड १ करोड ६८ लाख १९ हजार ८६७
युट्युब विश्वको सबैभन्दा चलेको भिडियो हेर्ने र बाँड्ने साइट हो। तपाइँले आफूलाई मनपर्ने कुनै गीतको भिडियो युट्युबमा भेट्नुभएको छ र त्यसलाई अडियोका रुपमा आफ्नो एमपीथ्री प्लेयर वा आइपड, आइफोन जस्ता डिजिटल डिभाइसमा राख्न चाहनुहुन्छ भने यो सबैभन्दा सजिलो विकल्प हो। यसले युट्युबको भिडियोबाट अडियोमात्र निकालेर तपाइँ सामु राखिदिन्छ।


 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 


७ विन रार कूल डाउनलोड १ करोड ८७ लाख ८८ हजार ५३९
धेरै प्रयोग हुने आर्काइभ फरम्याटहरुलाई अनप्याक गर्न र कम्प्रेस गर्न यो उपयोगी सफ्टवेयर हो। धेरै प्रयोग हुने दुई फरम्याट रार र जिपमा फाइल कम्प्रेस र अनप्याक गर्न पनि यसमा सहज हुन्छ। ४० दिनका लागि निःशुल्क चलाउन मिल्ने यो सफ्टवेयर लाइसेन्ससहित किन्न २९ डलर पर्छ।


WinRAR (32-bit)

 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 

WinRAR (64-bit)



६ मालावेयरबाइट्स एन्टिमालवेर कूल डाउनलोड २ करोड ६४ लाख ३ हजार ५१९
तपाइँको इच्छाबिना नै तपाइँको कम्प्युटरका जानकारीहरु अर्कैले प्रयोग गर्न सक्ने गरी प्रोग्रामिङ गरिएका सफ्टवेयरलाई मालवेयर भनिन्छ। यस्तै मालवेयर पत्ता लगाएर हटाउन उपयोगी सफ्टवेयर हो यो। करिब आठ मिनेट स्क्यान गरेर यसले तपाइँको कम्प्युटरमा मालवेयरबारे जानकारी संकलन गर्छ र हटाउने कि नहटाउने भनी तपाइँसित अनुमति माग्छ। यो निःशुल्क प्रयोग गर्न पाइन्छ।


 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 


५ टिमभ्युअर कूल डाउनलोड ३ करोड ७६ लाख ११ हजार ६५०
तपाइँ पोखरामा हुनुहुन्छ र तपाइँलाई धरानमा रहेको कार्यालयको कम्प्युटरबाट कुनै फाइल आवश्यक पर्‍यो भने के गर्नुहुन्छ? कसैलाई तपाइँको निजी कम्प्युटर खोल्न पासवर्ड दिने? त्यो सही विकल्प नहुनसक्छ। टिमभ्युअर इन्स्टल गर्नुभएको छ भने कसैलाई कम्प्युटर खोल्न मात्र लगाउनुस्, बाँकी सबै काम तपाइँले पोखरामा बसीबसी त्यहाँको कम्प्युटरबाट धरानको कम्प्युटर चलाएर गर्न सक्नुहुन्छ। अथवा कसैको कम्प्युटरमा केही समस्या पर्‍यो र त्यसलाई समाधान गर्न चाहनु हुन्छ भने टिमभ्युअर सही उपाय हुनसक्छ।


 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 


४ युट्युब डाउनलोडर ४ करोड ४४ लाख ४ हजार ४७८
युट्युबका भिडियो पछि इन्टरनेट बिना हेर्न मिल्ने गरी कम्प्युटरमा डाउनलोड गर्न यो एउटा लोकप्रिय सफ्टवेयर हो। डाउनलोडमात्र हैन यसले मूभ, एमपीफोर, थ्रीजीपी, डब्ल्युएमभी, एभीआई वा एमपीथ्रीमा भिडियोलाई कन्भर्ट पनि गर्नसक्छ। भन्नलाई युट्युब डाउनलोडर भनिए पनि युट्युबमात्र हैन अन्य भिडियो सेयरिङ साइटका भिडियो पनि यसले डाउनलोड गर्न सक्छ।


 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 


३ अभास्ट फ्रि एन्टिभाइरस कूल डाउनलोड ४ करोड २३ लाख ९२ हजार २४२
यो वर्ष बढी डाउनलोड भएका सफ्टवेयरमध्ये तेस्रो नम्बरमा परेको सफ्टवेयर पनि एन्टिभाइरस सफ्टवेयर नै हो। अभास्टको यो छैटौँ संस्करण हो। यसमा व्यवस्था गरिएको स्त्रि्कप्ट सिल्डले शंकास्पद स्त्रि्कप्ट भएका वेबसाइटहरुलाई लोड हुनबाट रोक्छ। गुगल क्रोम, फायरफक्स र एक्रोब्याट रिडरमा यसले काम गर्छ।


 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 


२ एडभान्स्ड सिस्टमकेयर फ्रि कूल डाउनलोड ४ करोड ३१ लाख ९९ हजार ५२८
सुरुमा एडभान्स्ड विन्डोज केयर नाम दिइएको यो सफ्टवेयरलाई अहिले एडभान्स्ड सिस्टम केयरको नामले चिनिन्छ। आईओबिट कम्पनीले बनाएको यो सफ्टवेयर कम्प्युटरको परफमेन्स र स्पिडलाई राम्रो बनाउन प्रयोग गर्ने गरिन्छ। यसको काम कम्प्युटर रजिस्ट्री सफा गर्नु, डिफ्र्याग गर्नु र लिङ्क नभएका सर्टकर्टहरु सफा गर्नु हो।
 
 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 


१ एभिजी एन्टिभाइरस फ्रि एडिसन २०१२ कूल डाउनलोड ५ करोड ८८ लाख ४ हजार ८४०
यो वर्ष सबैभन्दा बढी डाउनलोड भएको सफ्टवेयर पनि एन्टिभाइरस सफ्टवेयर नै हुन पुगेको छ। एभीजी एन्टिभाइरसको पहिलो संस्करण सन १९९२ मा बजारमा आएको हो। चेक कम्पनी एभीजी टेक्नोलोजिजले विकास गरेको यो सफ्टवेयरलाई १९९७ मा जर्मनी र बेलायतमा बेच्न थालिएको थियो। अमेरिकामा भने १९९८ मा मात्रै यसले बिक्री थालेको हो। विन्डोज, लिनक्स र म्याकमा समेत प्रयोग गर्न मिल्ने यो सफ्टवेयर छोटो समय मै यति लोकप्रिय भयो कि यसको निःशुल्क संस्करण सन् २०११ को सबैभन्दा बढी डाउनलोड गरिएको एन्टिभाइरसमात्र हैन, सफ्टवेयर मध्येकै सबैभन्दा बढी डाउनलोड गरिएको सफ्टवेयर हुनपुग्यो।


 यो सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला। 


आशा छ तपाईंहरुलाई यो लेख र यि सफ्टवयरहरुले सहयोग गर्नेछ । कृपया तपाईंको अमुल्य सल्लाह सुझाब भय तल कमेन्ट बक्स मा गएर लेख्नुहोला ।धन्यवाद। 

Twitter
Facebook
Yahoo
Feed

6 comments:

  1. Dai yo amulya dhandebad ra agami dinaharuma pani tapaile yestai samagri parstut garnuhunchha bhanne hamilai lagi rachha

    ReplyDelete
  2. dipak ji yo amullye janakari ra softwareharuko lagi tapai lai muri muri dhanyebaad

    ReplyDelete
  3. @Babu bhai tapailai pani mero site visit garidinu bhayeko ma dherai dherai dhanyebad ra agami din ma pani ma visit garnuhun6 bhanne asha chha .ma pani sakesamma daily update garne kosis garnechhu.

    ReplyDelete
  4. @Ranjita ji tapailai pani mero site visiting garidinu bhayeko ma dherai dherai dhnyebad ra feri pani paldai garnuholaa .

    ReplyDelete
  5. Deepak ji sarwa pratham ta namaskar sathai tapaile aaphno amulya samayalai hamro gyan ko nimti dinubhayeko 6 tesko lagi dhanyabad ra aagami din haruma pani yestai naya naya kuraharu liyera aaunu hune6 bhanne aasa liyeko 6u,,,,, tara Deepak ji mero tapai sanga sano gunaso 6 yo tapaile post gareko kura haru copy garna mildaina(malai na aayeko po ho ki) tesko lagi ma yekdamai dikhi 6u kina ki yaha tapai le post gareka kurale hamilai ahile tatkallai matra hoina dherai samaya samma kamdiyos bhanne ma chhahan6u tara copy nabhayeka karan ma yeslai past garna asamartha 6u tesai le Deepak ji yesko barema kehi sochi dinuhune6 bhanne aasa liyako 6u dhanyabad.

    ReplyDelete
  6. Raj ji yehalai pani mero namaskar tapaile mero blog visit garidinu bhayeko ma tapailai pani dherai dherai dhnyebad ,mero blog ma copy pest disable gariyeko 6 karan ho kehi pataha ra arkako rachana arkako lekh chorna palkeka blogger haru bata jogaunako lagi yo maile copy paste disable gareko hu yesta pathaha ko karan le garda tapai jasta sojha bhaladmi blog visiter harulai garo pareko 6 tapaiko marka ma bhuj6u tara yo copy paste enabled garna sakdina .aasha 6 tapaile mero samasya bhjidinuhune xa Dhanyebad

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb