तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः raj_sansar2007@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कृपया तपाईंको दाहिने तिर रहेको FACEBOOK मा LIKE गर्नुहोस यो केबल तपाईंहरुकै फाईदाको लागि हो। यसो गर्दा यहाँ केही पोस्ट गरिएमा तपाईंको FACEBOOK को NOTIFICATION मा देखाउछ ।

कम्प्युटर प्रयोग गर्नेले ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा


कम्प्युटर प्रयोग गर्नेले ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा हो, त्यसको सुरक्षा। यसका लागि एन्टिभाइरस सफ्टवेयर अनिवार्य हुन्छ। यसका सिडीहरू बजारमा सजिलै किन्न पाइन्छ। कम्पनी र काम गर्ने अवधिअनुसार मूल्य भने फरकफरक हुनसक्छ। खर्च नगर्ने नै हो भने इन्टरनेटबाट सित्तैमा डाउनलोड गर्न पनि सकिन्छ। डाउनलोड डट कम डट एनपी, फाइलहिप्पो जस्ता साइटमा निःशुल्क एन्टिभाइरसका सफ्टवेयरहरू पाइन्छ।



 एन्टिभाइरस सफ्टवेयर एकपटक कम्प्युटर राखेपछि सधैंलाई ढुक्क हुन्छ भन्नेचाहिँ छैन। सफ्टवेयर बनिसकेपछि निस्किएका नयाँनयाँ भाइरसले सताउने समस्याबाट जोखिन नियमित अपडेट गरिरहनुपर्छ।
कुनै पनि वेबसाइटमा संवेदनशील निजी जानकारी राख्नुअघि वेबसाइट कत्तिको सुरक्षित छ भन्नेमा ख्याल राख्नुपर्छ। बैंक खातासम्बन्धी जानकारी, अनलाइन सपिङजस्ता कारोबारसँग सम्बन्धित मात्र होइन, पासवर्ड राख्नुपर्ने पनि कुनै पनि साइट खोल्दा सुरुमा https छ/छैन याद गर्नुहोस्। http मात्र छ भने s थपेर मात्रै अगाडि बढ्नुहोस्। s थपिएपछि सुरक्षित हुन्छ।


केही वेबसाइटमा सेक्युरेटी अप्सनमा गएर सधैंलाई https आउने बनाउन सकिन्छ। उदाहरणका लागि फेसबुक। फेसबुकको एकाउन्ट सेटिङअन्तर्गत सेक्युरिटी अप्सनमा गएर सधैंलाई https आउने बनाउन सकिन्छ।


कम्प्युटर बन्द गर्दा वा अरूलाई प्रयोग गर्न दिँदा इन्टरनेट ब्राउजर सिधै बन्द नगरी चलाइराखेका वेबसाइट लगआउट गरेर मात्र बाहिरिनुपर्छ। अरूलाई कम्प्युटर प्रयोग गर्न दिनुपरे इन्टरनेट ब्राउजरको cache मा क्लिक गर्नुहोस्। यसपछि यदि तपाइँले आफ्नो एकाउन्ट खुल्लै छाडेर गए पनि त्यसका कुनै पनि विवरण हेर्न फेरि पासवर्ड टाइप गर्नैपर्ने हुन्छ।


इन्टरनेट ब्राउजरमा पासवर्ड आफ्नै सेभ हुने गरेको छ भने त्यसलाई निस्क्रिय पार्नुहोस्। यसका लागि टुल्स-इन्टरनेट अप्सन्स-कन्टेटमा क्लिक गर्नुहोस्। कन्टेन्टको पर्सनल इन्फर्मेसन अन्तर्गत अटो कम्पिटमा क्लिक गर्नुहोस्। त्यसपछि युजरनेम र पासवर्डमा अनचेक गरेर पासवर्ड क्लियर गर्नुहोस्।


इन्टरनेटमा हामीले थुप्रै उपयोगी सामग्री हेर्न र डाउनलोड गर्न पाउँछौं। तर वेबसाइटको कुनै पनि लिंकमा क्लिक गर्दा विचार पुर्‍याउनुपर्छ। जथाभावी देखिने र प्रचारका राखिएका लिंकमा जथाभावी क्लिक गर्‍यौं भने अनावश्यक सामग्रीले कम्प्युटरलाई हानी पुर्‍याउँछ। कतिपय अवस्थामा त कम्प्युटरै बन्द हुन जान्छ।


पासवर्ड कठिन र सुरक्षित राख्नुपर्छ। सम्झन सजिलो होस् भन्नका लागि हामीले आफ्नो, परिवारको नाम, ठाउँ, देश, फोन नम्बर आदि पासवर्ड राख्छौं। यस्तो पासवर्ड अरूले सजिलै अनुमान लगाउन सक्छ। पासवर्ड चयन गर्दा सकेसम्म क्यापिटल र स्मल लेटरका साथै स्पेसल क्यारेक्टर र अंक मिलाउनुहोस्। पासवर्ड बेलाबेलामा परिवर्तन गरिराख्नुपर्छ।




सामाजिक सन्जालमा आफ्नो उपस्थितिलाई खुला छाड्नु हुँदैन। फेसबुक, ट्विटर, हाइफाइभजस्ता सन्जालमा आफ्नो एकाउन्टमा जोसुकैलाई पनि पहुँच दिनु हुँदैन। आफ्नो जानकारी, तस्बिर, कमेन्ट, वालपोस्ट परिचितले मात्र हेर्न र लेख्नसक्ने बनाउनुपर्छ।




कहिलेकाहीँ नयाँ साथी बनाउने लहडमा राम्रो तस्बिर अथवा जानकारी हेरेकै भरमा नचिनेको मान्छेलाई आफ्नो सन्जालमा भिœयाउन पुग्छौं। नचिनेका यस्ता व्यक्तिले भाइरसजन्य तथा व्यक्तिगत जानकारी संकलन गर्ने खालका लिंक पठाउन सक्छन्।




आजभोलि बालबालिकाले स्कुल शिक्षाकै क्रममा इन्टरनेट चलाउन थाल्छन्। उनीहरूले इन्टरनेटमा कस्ता सामग्री हेरिरहेका छन् भन्नेमा अभिभावक सचेत हुनुपर्छ। बढी चलाउन रुचाउने साइट उनीहरूका लागि उचित हो-होइन ठम्याउनुपर्छ। उनीहरूको सामाजिक सञ्जालमा कस्ता कस्ता किसिमका साथी छन्न् भन्ने पनि जानकारी राख्नुपर्छ। कतिपय वेबसाइटमा आफ्ना नितान्त व्यक्तिगत जानकारी दिँदा ती आपराधिक काममा प्रयोग भई ठूलो झन्झट निम्तन सक्छ।


इन्टरनेटमा महत्वपूर्ण सामग्री प्राप्त गर्न कहिलेकाहीँ आफ्नो इमेल एड्रेस दिनुपर्ने हुन्छ। तर पछि इमेलको बाढी नै आएर हैरान पार्न सक्छ। यसबाट बच्ने सजिलो उपाय भनेको सब्स्क्राइब गर्दा नै इमेल एड्रेस दिने/नदिने टुंगो गर्नुपर्छ। यसरी आउने इमेलमा दिइएका लिंकमा जानुअघि सुरक्षित छ/छैन, निर्क्योल गर्नुपर्छ। असुरक्षित र नकारात्मक सन्देशयुक्त इमेलमा नबुझिने शब्द र अशुद्ध वाक्यहरू पाइन्छ।


'तपाईंलाई चिट्ठा पर्‍यो, पैसा पठाउन' भन्दै तपाईंको बैंक खाता नम्बर माग्ने इमेल पनि आउन सक्छन्। ठगी प्रयोजनका लागि आउने यस्ता इमेलबाट बच्न इन्टरनेट एक्सप्लोररको स्मार्ट स्क्रिन- फिल्टर इन विन्डोजमा क्लिक गर्नुपर्छ। त्यसले नकारात्मक वेबसाइट आएको सूचित गर्छ।


वायरलेस इन्टरनेट जडान गर्नुभएको छ भने पासवर्ड (सेक्युरिटी कि) राख्न बिर्सनु हुँदैन। यसो गर्दा सोही नेटवर्कबाट अरूले सजिलै इन्टरनेट चलाउन सक्दैन। आफूले नलिएको वायरलेस इन्टरनेट देखियो भन्दैमा जुन पायो त्यही वेबसाइट चलाउनु पनि हुँदैन। किनभने महŒवपूर्ण डाटा चोरी हुन सक्छ।


पेनड्राइभ, हार्डड्राइभ अथवा मेमोरी कार्ड प्रयोग गर्नुअघि त्यसमा भाइरस छ/छैन निरीक्षण गर्नुपर्छ। भाइरस भएपनि नभए पनि एन्टिभाइरसमार्फत स्क्यान गरेर मात्र यसका फाइल खोल्नुपर्छ। स्क्यान नगरी प्रयोग गर्दा फाइलमा भाइरस भएर कम्प्युटरलाई नोक्सानी पुर्‍याउन सक्छ।




कम्प्युटरमा भएका डाटा सुरक्षित राख्न इन्क्रिप्सन सफ्टवेयर प्रयोग गर्न सकिन्छ। यस्ता सफ्टवेयर निशुल्क डाउनलोड गर्न सकिन्छ। पेनड्राइभ, हार्डड्राइभ अथवा मेमोरी अरूलाई प्रयोग गर्न दिँदा आफ्नो डाटा सकेसम्म हटाएर मात्र दिनुपर्छ, सम्भव भए फर्म्याट नै गर्दा जाति।

   
 सौजन्य:नागरिक न्युज 

Twitter
Facebook
Yahoo
Feed

1 comment:

  1. साहित्यकार तथा पत्रकार दिया चन्द को यो लभ स्टोरी अबस्य पढ्नुहोला
    http://www.imandarmedia.com/2017/01/diya-chand.html

    ReplyDelete

के तपाईंलाई मेरो ब्लग मन पर्‍यो ?
ब्यानर एक्सचेन्ज गर्नेबारब्लगर साथीहरु, तपाईंहरु 'http://dipakbhattarai.blogspot.com’ सँग ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने तलको फोटो(ब्यानर) लगेर तपाईको ब्लगमा प्रकाशित गर्नुहोस् र त्यसमा 'http://dipakbhattarai.blogspot.com’ को लिंक जोड्नुहोस् वा तलको सानो बक्समा भएका कोडहरू लगेर आफ्नो ब्लगको html source मा हाल्नुहोस्, अनि "http://dipakbhattarai.blogspot.com" मा प्रकाशित गर्नको लागि तपाईंको ब्लग झल्काउने एउटा फोटो(ब्यानर) र त्यसमा लिंक जोड्नुपर्ने ब्लगको ठेगाना, raj_sansar2007@yahoo.com मा पठाइदिनुहोस
Upload photos free at iWebPhoto.com
Related Posts Plugin for WordPress, Blogger...
Nepal Flag Orb